काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता भंग गर्ने वा त्यसमा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न सबैमा हार्दिक अपिल गरेका छन्।

खड्काले जारी गरेको विज्ञप्तिमा उनले पार्टीका सदस्य, केन्द्रीय कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेशदेखि वडा तहका सबै पदाधिकारी तथा सदस्य, भ्रातृ संस्था र शुभेच्छुकहरूलाई सम्वोधन गर्दै भनेका छन्, ‘देशको विषम परिस्थितिमा पार्टी भित्र उत्पन्न असहज अवस्था अन्त्य गर्न आवश्यक छ। यस परिस्थितिमा पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु। सम्पूर्ण एकताका साथ पार्टीलाई अघि बढाउन अनुरोध गर्दछु।’

advertisement

खड्काको यस अपिलले कांग्रेसभित्रको एकता कायम राख्ने र विवाद न्यून गर्ने प्रयासको संकेत भएको बुझिएको छ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com