काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी विभाजनको दिशातर्फ उन्मुख भएको भन्दै तत्काल सहमति खोज्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्।
सोमबार देउवाको निवास महाराजगञ्ज पुगेर कोइरालाले पार्टीको वर्तमान अवस्था गम्भीर बन्दै गएको उल्लेख गर्दै तत्काल संवाद र सहकार्यमार्फत समस्या समाधान गर्न सुझाव दिएका हुन्। देउवा समूहको बैठक चलिरहेकै समयमा कोइराला अन्य तीन नेतासहित महाराजगञ्ज पुगेका थिए।
बैठकमा सहभागी कोइराला पक्षका एक नेताका अनुसार, पार्टी फुटको जोखिममा पुगेकाले कोइरालाले सभापतिलाई एकता जोगाउन पहल गर्न आग्रह गरेका हुन्।
जवाफमा सभापति देउवाले आफू समूहभित्र छलफलमा रहेको उल्लेख गर्दै कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गरेको ती नेताले जानकारी दिएका छन्।
प्रकाशित मिति: २८ पुस २०८२, सोमबार












प्रतिक्रिया