काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् ।

देउवा निवासमा भएको संस्थापन पक्षको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महामन्त्रीद्वयसँग सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले संवाद गर्ने बताए ।

advertisement

महामन्त्रीद्वयसँग संवाद गर्न सभापति देउवा पनि तयार भइसकेको भन्दै आजै छलफल हुने बताए । पार्टी एकता कायम राख्नको लागि दुवै पक्ष लचिलो रहेको उनले बताए ।

प्रकाशित मिति: २८ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com