काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीमा विकसित पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने कांग्रेसले जनाएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

advertisement

कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा पुस २७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेकाले केन्द्रीय समिति बैठकमा यस विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com