काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आज बिहान ९ बजेदेखि सुरु हुँदैछ। विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार सोमबार स्थगित गरिएको बन्दसत्र आज पुनः सञ्चालन हुन लागेको हो

विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले सभापति शेरबहादुर देउवा उपस्थित भए पनि हलको ‘मुड’ नेतृत्व यथावत् राख्ने पक्षमा नरहेको बताए। महाधिवेशन प्रतिनिधिहरूले आफूलाई अपमानित महसुस गरेको उल्लेख गर्दै उनले सभापतिलाई सम्मानपूर्वक स्वीकार गर्ने वातावरण नरहेको धारणा राखे।

advertisement

“यदि भोलिसम्म सभापतिसहित नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने अवस्था फेरिन सक्छ,” पोखरेलले भने, “तर अहिले हलको मुड त्यस्तो छैन। विशेष महाधिवेशनको औचित्य सकियो भन्ने निर्णयले प्रतिनिधिहरू अपमानित महसुस गरिरहेका छन् र सहज रूपमा मान्ने अवस्था देखिँदैन।”

उनका अनुसार बन्दसत्र सुरु हुँदा नेताहरू सहभागी नभए प्रतिनिधिहरूलाई रोक्न गाह्रो हुनेछ। “नेताहरू आएर महाधिवेशनको स्वामित्व लिएर प्रतिनिधिहरूलाई आश्वस्त पार्नुभयो भने मात्र सम्भव हुन्छ,” उनले भने, “मंगलबारदेखि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।”

यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पनि आजै बस्दैछ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई बोलाइएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com