काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति आज घोषणा हुँदैछ।कात्तिक १९ गते १० वटा वाम घटकहरू एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी गठन भएको थियो। अहिलेसम्म उक्त पार्टीमा १७ भन्दा बढी घटक र व्यक्तिहरू समाहित भएका छन्। तर पार्टी एकता भए पनि सबै पार्टीका अन्य कमिटी र जनवर्गीय संगठनहरू अझै पूर्ण रूपमा एकीकृत भएका छैनन्।
मंगलबारको दिन केन्द्रीय समितिको घोषणा सँगसँगै केन्द्रीय सदस्यहरूले शपथ पनि ग्रहण गर्नेछन्।
शपथ ग्रहण कार्यक्रम दिउँसो साढे १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजना गरिनेछ।
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया