काठमाडौं । नेपाली कांग्रेसमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था गरिने भएको छ।
काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा पेश राजनीतिक प्रस्तावअनुसार पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था राखिने उल्लेख छ।

महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा भनिएको छ:
“पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन) गरिनेछ। यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने महिलासहित तीनजनालाई सम्बन्धित तहको उम्मेदवार बनाइने व्यवस्था लागू हुनेछ। यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणाली प्रयोग गरिनेछ, जसले इच्छुक सबैलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवारको छनोट सुनिश्चित गर्दछ।”

advertisement

महामन्त्री थापाको विश्वास छ कि प्राइमरी निर्वाचनको व्यवस्था लागू भएपछि पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत हुनेछ, विवाद घट्नेछ र पार्टीप्रतिको जनविश्वास बढ्ने छ

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com