काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७६ हजार पाँच सय रूपैयाँ पुगेको छ।  लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

advertisement

यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  सोमबार तोलामा पाँच हजार एक सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पाँच हजार तीन सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com