काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेलले नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार सूचीबाट आफ्नो नाम फिर्ता लिएकी छन्। उनलाई उक्त सूचीमा ६२ औँ नम्बरमा राखिएको थियो।
पोखरेलको नाम सूचीमा समावेश भएपछि उनका पिता राष्ट्रपति पौडेलसँग जोडेर सामाजिक सञ्जाल र सार्वजनिक माध्यममा आलोचना सुरु भएको थियो।
रातोपाटीसँगको कुराकानीमा संज्ञा पोखरेलले आफूले आफैंले नाम फिर्ता लिएको पुष्टि गर्दै भनिन्, ‘मैले नाम फिर्ता लिएकी छु। अब पार्टी यसअनुसार निर्णय गर्नेछ।’
प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार












प्रतिक्रिया