काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनको तालिका सार्वजनिक गरिएको छ।

वरिष्ठ अधिवक्ता सीताराम केसी संयोजक रहेको पाँच सदस्यीय निर्वाचन समितिले निर्वाचन प्रक्रिया आज दिउँसोदेखि सुरु हुने जानकारी दिएको छ। मतदान भने आज राति ९ बजेदेखि १ बजेसम्म हुने तालिका प्रकाशित गरिएको छ।

advertisement

निर्वाचन समितिको सूचनाअनुसार, पहिलो मतदाता नामावली आज दिउँसो १२:३० बजे प्रकाशन गरिनेछ भने अन्तिम मतदाता नामावली २ बजे सार्वजनिक गरिनेछ।

त्यसैगरी, उम्मेदवारको मनोनयन दर्ता २ बजेदेखि ३ बजेसम्म हुनेछ भने उम्मेदवारहरूको पहिलो नामावली साढे ४ बजे प्रकाशित गरिने तालिकामा उल्लेख छ। अन्तिम उम्मेदवार नामावली ८:४५ बजे सार्वजनिक गरिने र राति ९ बजेदेखि मतदान सुरु हुने व्यवस्था गरिएको छ।

यसरी निर्वाचन प्रक्रियालाई क्रमशः व्यवस्थित ढङ्गले अघि बढाउने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com