तनहुँ । तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङबेसी नजिक त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा भेटिएको गाडीको उत्खनन कार्य आज पनि जारी रहेको छ।

आइतबार बिहान सिमलतालभन्दा केही तल त्रिशूली नदीको किनारमा गाडीका पार्टपुर्जा देखिएको सूचना प्राप्त भएपछि खोज तथा उत्खननका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानुबाट संयुक्त टोली खटिएको थियो।

advertisement

नदी किनारमा फेला परेका ती पार्टपुर्जा २०८१ असार २८ गते बिहान चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले पुरिएर त्रिशूली नदीमा बेपत्ता भएको गाडी हुन सक्ने आशंका गरिएको छ।

उक्त दिन वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस पहिरोमा परेर नदीमा बेपत्ता भएका थिए।

उत्खनन तथा थप पहिचानको काम जारी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com