काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ। मंगलबार धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालयमा तीनै पार्टीबीच औपचारिक एकीकरण सम्पन्न भएको हो।

एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिन्ह कायम राख्ने सहमति भएको छ। यस कदमले राष्ट्रवादी शक्तिहरूलाई एकीकृत गर्दै आगामी निर्वाचनमा बलियो उपस्थितिको संभावना बढाउने विश्लेषकहरूको अनुमान छ।

advertisement

विश्लेषकहरूका अनुसार, एकीकृत पार्टीको मुख्य एजेन्डामा हिन्दु राष्ट्र, संवैधानिक राजतन्त्र र सुशासनलाई प्राथमिकता दिइनेछ। यो एकीकरणले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरङ्ग थप्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com