काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीलाई विभाजनतर्फ लगेर कसैलाई फाइदा नहुने बताएका छन् । मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले छलफलबाटै निकास निकाल्नका लागि अत्यधिक लचकताका साथ छलफल भइरहेको बताए ।

प्रवक्ता महतले बुधबारसम्म सकारात्मक निकास निस्कने विश्वास व्यक्त गरे । पार्टीलाई एकताबद्ध भएर आम निर्वाचनमा जानुपर्ने धारणा राखे ।

advertisement

प्रवक्ता महतले महाधिवेशनका बारेमा पार्टीले गरेको आधिकारिक निर्णयमा नै अघि बढ्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: २९ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com