काठमाडौं । ट्यांकीमा पानी चढाउन मोटर खोल्ने क्रममा एक व्यक्तिले ट्यांकीभित्र खसेर ज्यान गुमाएका छन् । घटना काठमाडौं महानगरपालिका- ३, चुनदेवीको हो ।

जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार चुनदेवीस्थित सोमबहादुर थापाको घरमा अन्दाजी २४-२५ वर्षका पुरुष बुधबार बिहान मृत फेला परेका हुन् । उनको वतन खुलेको छैन ।

advertisement

उनी पानी तान्ने मेसिनको स्वीच खोल्न जाने क्रममा ट्यांकीमा खसेको अनुमान प्रहरीले गरेको छ । उनको शव ट्यांकीबाट निकालिएको छ ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com