काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गरेका छन्। उनी भृकुटीमण्डपस्थित विशेष महाधिवेशनस्थलमा सभापति पदमा एकल रूपमा मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार, महामन्त्रीसहित अन्य पदाधिकारी पदहरूको पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ।
यस्तै, संस्थापन पक्षबाट ३० जना केन्द्रीय समिति सदस्यसहित विशेष महाधिवेशनमा सहभागी पुष्पा भुसालले सहमहामन्त्री पदका लागि उम्मेदवारी पेश गरेकी छन्।
विशेष महाधिवेशनस्थलमा मनोनयन दर्तासँगै उम्मेदवारी फिर्ता फाराम बुझाउने प्रक्रिया समेत चलिरहेको छ, जानकारी एक नेताले दिएका छन्।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया