काठमाडौं । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री निर्वाचित गर्नेछ ।
पार्टी विधानअनुसार सहमहामन्त्री पदमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मुस्लिम, थारू र पिछडिएका समुदाय गरी आठ क्लस्टर तोकिएका छन् ।
निर्वाचन समितिका अनुसार सभापतिमा गगन थापाको एकल उम्मेदवारी परेको छ । महामन्त्री पदमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उम्मेदवार छन् । सहमहामन्त्रीमा बहादुर सिंह लामाको उम्मेदवारी परेको जानकारी दिइएको छ ।
अन्य अधिकांश पदमा पनि एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली आज दिउँसो १ बजे सार्वजनिक गरिनेछ ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया