काठमाडौं। नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सहमतिका लागि ८ बुँदे प्रस्ताव पठाएको छ । आज विशेष महाधिवेशन पक्षले संस्थापन पक्षलाई सो प्रस्ताव पठाइएको हो ।
आज बिहान ८ बुँदे पठाइएको वार्ता समितिका सदस्य समेत रहेका केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
यस्ता छन् प्रस्ताव
- कार्यकारी भूमिकाबाट सभापति शेरबहादुर देउवा बाहिरिनुपर्ने
- विशेष महाधिवेशनको स्वामित्व लिनुपर्ने
- प्रधानमन्त्रीको उम्मेदवार तय गरेर जानुपर्ने
- चुनावी गठबन्धन कुनै पनि दलसँग नगर्ने
- टिकट वितरणका लागि सर्वस्वीकार्य संसदीय बोर्ड गठन गर्नुपर्ने
- निर्वाचन केन्द्रित हुनका लागि ५ सदस्यीय उच्चस्तरीय संयन्त्र गठन गर्नुपर्ने
- उम्मेदवारको टिकटमा देउवाले हस्ताक्षर गर्न नपाउने
- विशेष महाधिवेशनमा पेस भएका प्रतिवेदनहरूलाई पार्टीको पुँजीको रूपमा ग्रहण गर्नुपर्ने
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया