काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।
निर्वाचन समितिका अनुसार, मतदान बुधबार राति ८ बजेदेखि सुरु हुने भएको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार, विरोधको छानबिनपछि साँझ ५ बजे मतदाता नामावली पुनः प्रकाशन गरिनेछ। त्यस्तै, उम्मेदवारले मनोनयन दर्ता फिर्ता गर्न ५:३५ बजेसम्म समय पाउनेछन्।
उहाँका अनुसार, उम्मेदवारको अन्तिम नामावली साँझ ६ बजे प्रकाशन गरिने छ भने मतदान राति ८ देखि ९ बजेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार












प्रतिक्रिया