काठमाडौं । नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले तीन जना पदाधिकारीमाथि कडा कारबाही गर्ने निर्णय गरेसँगै पार्टीभित्रको विवाद चरम बिन्दुमा पुगेको हो।
विशेष महाधिवेशन पक्षधरहरू नयाँ नेतृत्व चयनको अन्तिम तयारीमा जुटिरहेका बेला संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने घोषणा गरेको छ।
यस निर्णयसँगै विशेष महाधिवेशनस्थल भृकुटीमण्डपमा तीव्र असन्तोष र आक्रोश देखिएको छ। विशेष महाधिवेशन पक्षधर नेता–कार्यकर्ताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध चर्को नाराबाजी गरिरहेका छन्।
निर्णयअघि भृकुटीमण्डपमा खासै गतिविधि नदेखिए पनि कारबाहीको घोषणापछि त्यहाँ नेता–कार्यकर्ताको उपस्थिति र चहलपहल उल्लेखनीय रूपमा बढेको छ। पार्टीभित्रको यो टकरावले कांग्रेसको भविष्य थप अनिश्चित बन्दै गएको छ।
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया