काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन सकिएपछि सभापति शेरबहादुर देउवाको आशीर्वाद लिन जाने बताए।
बुधबार भृकुटीमण्डपस्थित विशेष महाधिवेशन स्थलबाट बोल्दै थापाले पार्टी कार्यकर्तालाई आह्वान गर्दै भने, ‘महाधिवेशन सकिएपछि देउवाको आशीर्वाद लिन जानुपर्ने भएकाले कृपया कसैको गालीगलौज नगर्नुहोस्। सामाजिक सञ्जालमा वा गाउँठाउँमा कसैको बारेमा नकारात्मक टिप्पणी नगर्नुहोस्। साथीभाइलाई समेत सँगै लिएर जानुपर्नेछ। केही दिनपछि महाधिवेशन सकिएपछि नयाँ निर्णय सार्वजनिक गरिनेछ।’
उनले थपे, ‘दुई दिनपछि हामी पूर्व सभापति देउवाको आशीर्वाद लिन जानु नै पर्छ। त्यसैले सबैले संयमित व्यवहार गर्नु आवश्यक छ।’
प्रकाशित मिति: ३० पुस २०८२, बुधबार













प्रतिक्रिया