काठमाडौं । सिन्धुलीमा एसबीआई बैंक लुटपाटमा बैंक रहेको घरका धनीले नै गाडी रिजर्भ गरेर लुटेरा बोलाएको खुलासा भएको छ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटारमा रहेको नेपाल एसबीआई बैंक शाखामा भएको लुटपाट घटनामा बैंक सञ्चालनमा रहेको घरका धनी नै लुटपाटको मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

advertisement

प्रहरीका अनुसार, उक्त घरका धनी छविलाल स्याङताङले योजनाबद्ध रूपमा बैंक लुटपाटको योजना तयार गरी लुटेराहरूलाई बोलाएका थिए। प्रारम्भिक अनुसन्धानमा स्याङताङले लुटपाटमा संलग्न व्यक्तिहरूका लागि सवारी साधनसमेत रिजर्भ गरेर बोलाएको खुलेको छ।

घटनामा संलग्न अन्या अभियुक्तहरू पक्राउ परेपछि उनीहरूले दिएको बयानका आधारमा स्याङताङको संलग्नता खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। अभियुक्तहरूले घरधनीकै योजना र निर्देशनमा बैंक लुटपाट गरेको बयान दिएपछि प्रहरीले स्याङताङको खोजी तीव्र बनाएको थियो।

प्रहरी स्रोतका अनुसार स्याङताङलाई महोत्तरीबाट पक्राउ गरिएको छ। यस घटनासँग सम्बन्धित हालसम्म ६ जना अभियुक्त पक्राउ परिसकेका छन्। प्रहरीले लुटपाटमा प्रयोग भएका साधन, योजना र सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धानलाई अझै तिव्र बनाएको जनाएको छ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com