काठमाडौं । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने चारजना चालकलाई पक्राउ गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरीको टोलीले बुधबार साँझ सीतापाइलाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

advertisement

प्रहरीले गरेको चेकजाँचका क्रममा लागुऔषध सेवन गरी सवारीसाधन चलाएको देखिएपछि उनीहरू नियन्त्रणमा परेको ट्राफिक प्रहरी महाशाखाका एसपी नरेश सुवेदीले जानकारी दिए ।

पक्राउ परेकाहरूमा तीनजना सार्वजनिक बसका चालक छन् । एकजना भने ट्याक्सी चालक हुन् ।

बुधबार ट्राफिक, प्रहरी अस्पताल र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको संयुक्त टोलीले बुधबार १८ वटा सवारीसाधनका चालकलाई जाँच गरेको थियो । जसमध्ये चारजनाले लागुऔषध सेवन गरेका खुलेको हो ।

उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com