काठमाडौं । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘विनोद बस्नेत स्मृति’ सातौँ संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न बिहीबार अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए ।

advertisement

प्रतियोगिताको तयारीका बारेमा ओलीसँग कुराकानी गरिएको उनले बताए ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, वरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति सदस्य मदन खड्का, राजु घिमिरे लगायतको टोली गुण्डु पुगेको थियो ।

प्रकाशित मिति: १ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com