काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको नयाँ मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने गरी समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँले घटाइएको निगमले जनाएको छ। संशोधित मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँमा बिक्री हुनेछ।
इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त नयाँ खरिद मूल्यका आधारमा निगमको सञ्चालक समितिले बिहीबार राति नयाँ मूल्यसूची स्वीकृत गरेको हो।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया