काठमाडौं । आज देशभर २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ। विसं १९९० माघ २ गते गएको विनाशकारी महाभूकम्पको स्मरणमा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो। यस दिनलाई भूकम्प र त्यसबाट हुन सक्ने क्षतिको न्यूनीकरणका लागि जनचेतना फैलाउने अवसरका रूपमा लिइन्छ।

विसं १९९० को भूकम्पको त्रासदी प्रत्यक्ष भोग्नेहरूको संख्या अहिले निकै कम भए पनि, अहिलेको पुस्ताले २०७२ सालको विनाशकारी भूकम्पको पीडा अनुभूत गरिसकेको छ। त्यसैले भूकम्प सुरक्षाप्रति सचेतना अझै महत्वपूर्ण बनेको छ।

advertisement

विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे गएको भूकम्पको सम्झनामा २०५५ सालदेखि सोही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइँदै आइएको छ। यस दिवसलाई देशभर एकरूप, व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गर्न भूकम्प सुरक्षा दिवस मार्गदर्शन–२०७१ समेत तर्जुमा गरिएको छ।

“भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारी” भन्ने मूल नारासहित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएका छन्। भूकम्प जोखिम न्यूनीकरणका लागि व्यापक प्रचारप्रसार, जनचेतना अभिवृद्धि तथा सरोकारवालाबीच छलफल र अन्तरक्रिया कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन्।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com