काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको शेरबहादुर देउवा पक्षलाई आयोगले संविधान, ऐन तथा कानुनको दायराभित्र रहेर मात्र विश्लेषण र निर्णय गरिने स्पष्ट पारेको छ।
आज आयोगमा आवश्यक कागजात बुझाउन पुगेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काको टोलीसँगको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोग विधि र प्रक्रियाबाहिर गएर कुनै निर्णय नगर्ने बताएका हुन्।
उनले निर्वाचन कार्यतालिकाअनुसारका सम्पूर्ण प्रक्रियामा सम्बन्धित पक्ष सहभागी हुने विश्वाससमेत व्यक्त गरे। आयोगले कानुनी मापदण्डअनुसार निष्पक्ष र स्वतन्त्र ढंगले विषयवस्तुको मूल्यांकन गर्ने जनाएको छ।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया