काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर आरोपपत्र संशोधन गर्न दिएको स्वीकृतिविरुद्ध महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
निवेदक युवराज पौडेलले महान्यायाधिवक्ताको निर्णय संविधान र प्रचलित कानुन विपरीत रहेको दाबी गर्दै उक्त निर्णय बदर गर्न माग गरेका छन्।
रिट निवेदन सर्वोच्च अदालतको मुद्दा महाशाखामा दर्ता भइसकेको र हाल कर्मचारीहरूले प्रारम्भिक अध्ययन गरिरहेका छन्। निवेदक पौडेलले मुद्दा फिर्ता हुन सक्ने सम्भावना रहेको भन्दै त्यसअघि कुनै पनि कारबाही अगाडि नबढाउन अन्तरिम आदेशको मागसमेत गरेका छन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार












प्रतिक्रिया