एजेन्सी । हङकङ प्रहरीले गत नोभेम्बरमा एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा १६८ जनाको मृत्यु भएको बताएको छ । प्रहरीको अहिलेको रिपोर्टले मृतकको संख्या पहिले रिपोर्ट गरिएको भन्दा बढी भएको देखाउँछ । यसहघि १६१ जनाको मृत्यु भएको रिपोर्ट गरिएकोमा अहिलेको संख्या पहिलेभन्दा सात बढी हो।

‘पीडितहरू छ महिनादेखि ९८ वर्ष उमेरका थिए’, प्रहरीले बिहीबार एक विज्ञप्तिमा भनेको छ ‘मृत्यु हुनेमा ५८ पुरुष र ११० महिला थिए जसमध्ये धेरैजसो वृद्ध बासिन्दा थिए जो दशकौंदेखि अपार्टमेन्ट कम्प्लेक्समा बस्दै आएका थिए।’

advertisement

हङकङको उत्तरपूर्वी ताई पो जिल्लामा अवस्थित वाङ फुक कोर्टमा भएको आगलागी दशकौंमा शहरको सबैभन्दा घातक थियो।

शहरका नेता जोन लीले बुधबार आगलागीको सम्बन्धमा ३० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको र उनीहरूमाथि अपराधपूर्ण हत्या, ठगी वा भ्रष्टाचारको आशंका गरिएको बताए।

सुरक्षा सचिव क्रिस टाङले अन्तिम मृत्यु हुनेको संख्या १६८ रहेको बताए। उनले सबै मृतकको पहिचान पूरा भइसकेको बताए।

आगो नियन्त्रण गर्न हजारौं अग्निनियन्त्रकहरू खटाइएको थियो र यस कार्यको क्रममा एक अग्निनियन्त्रकको मृत्यु भएको थियो।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com