काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दोस्रो रिट निवेदन दर्ता भएको छ।
सहकारी ठगी प्रकरणसँग सम्बन्धित गम्भीर अभियोगमा संशोधन गर्ने वा मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णय गैरकानुनी र बदनियतपूर्ण भएको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्। यसअघि युवराज पौडेलले पनि लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध रिट दिएका थिए।
निवेदकले महान्यायाधिवक्ताको उक्त निर्णयले न्याय प्रक्रियामा गम्भीर अवरोध सिर्जना गर्ने र अपराधीलाई उन्मुक्ति दिने खेल भइरहेको उल्लेख गर्दै तत्काल कार्यान्वयन नगर्न ‘अन्तरिम आदेश’को माग गरेका छन्।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया