काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भवन निर्माणमा रैथाने प्रविधि र स्थानीय सीपलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्। उनले शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय भूकम्प दिवसको कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन्।

डंगोलले भनिन्, ‘भवन निर्माण संहितामा विशेष ध्यान दिन सकिए भूकम्प र अन्य विपदबाट बच्न सकिन्छ। भवन निर्माणको जिम्मेवारी केवल सरकारले मात्र होइन, हरेक नागरिकको पनि हो। हामीले यसलाई ‘सरकारको काम’ भनेर मात्र नहेरी आफ्नो दायित्व भित्रका कामको रूपमा आत्मसमीक्षा गर्न आवश्यक छ।’

advertisement

उपप्रमुख डंगोलले भवन निर्माण गर्दा इन्जिनियरिङको आधार नबिर्सिनु पर्ने र रैथाने प्रविधि तथा सीपलाई निरन्तरता दिनुपर्ने बताइन्। उनले रैथाने प्रविधि र सीप प्रयोग गरेर बनेका संरचनाले भूकम्पको प्रभाव कम गरेको उदाहरणसमेत प्रस्तुत गरिन्।

डंगोलले भनिन्, ‘सूचना प्रविधिको प्रयोगले भूकम्प पूर्वसूचना प्रणाली र बचाउका उपायमा मद्दत पुर्याउँछ। तर सबैभन्दा महत्वपूर्ण कुरा भनेको भवन संहिता हो, जसको कार्यान्वयन केवल सरकारको जिम्मेवारी नभई हरेक नागरिकले लिनु पर्छ। हामीले हाम्रा संरचनामा इन्जिनियरिङ पाटो छोड्नुहुँदैन र रैथाने सीपको निरन्तरता दिनुपर्छ।’

सुनिता डंगोलले नारामा सीमित नबसी पूर्वाधार निर्माणमार्फत उदाहरण प्रस्तुत गर्नुपर्नेमा समेत जोड दिइन्। उनले प्रत्येक वर्ष नारा मात्रै नभई त्यसको कार्यान्वयन गरी वार्षिक योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताइन्।

प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com