काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा औपचारिक रूपमा नेपाली कांग्रेसको सभापति स्वीकार गरेको छ।
निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन पक्षलाई वैधानिकता दिँदै संस्थापन पक्षलाई जिल्याइदिएको हो।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो।
बिहीबार गगन पक्षले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो।
उता संस्थापन पक्षले पनि नेपाली कांग्रेसको कुनै विशेष महाधिवेशन नराखिएको जिकिर गर्दै गगन पक्षको निर्वाचन र निर्वाचित कार्यसमिति अवैधानिक रहेको जिकिर गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो।
प्रकाशित मिति: २ माघ २०८२, शुक्रबार













प्रतिक्रिया