काठमाडौँ। निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रसहितका निर्वाचन सामग्री ढुवानीका लागि १३ वटा व्यवसायिक संस्थालाई सूचीकरण गरेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र तथा अन्य अत्यावश्यक निर्वाचन सामग्री ढुवानी गर्न आयोगले कुरियर सेवातर्फ दुई वटा फर्म छनोट गरेको छ। आयोगका अनुसार छनोट भएका फर्महरूमा साझा कुरियर एण्ड कार्गोट्रान्स एयर इन्टरनेशनल लजिष्टिक प्रालि रहेका छन्।

advertisement

आयोगले हेलिकोप्टर सेवाका लागि पनि फर्म वा कम्पनीलाई सूचीकरण हुन आह्वान गरे तापनि कुनै पनि फर्मले निवेदन दर्ता गराएका छैनन्

यसैगरी, ट्रक तथा कन्टेनर सेवा उपलब्ध गराउनका लागि ११ वटा फर्म सूचीकरण भएका छन्। सूचीकरण भएका सेवा प्रदायकहरूमा हिमालयन कार्गो लजिष्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदिति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।

आयोगले गत पुस १७ गते प्रकाशित सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनहरूलाई तोकिएका मापदण्ड तथा वार्षिक औसत कारोबारको आधारमा मूल्यांकन गरी ती सेवा प्रदायक संस्थालाई सूचीकरण गरिएको जनाएको छ। सूचीकरण गरिएका संस्थाहरूलाई निर्वाचन सामग्री आपूर्ति तथा ढुवानीका लागि आयोगले आवश्यकताअनुसार परिचालन गर्नेछ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com