काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कमिटी बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकमा २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्बन्धमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार चयन विषयमा बैठकमा छलफल केन्द्रित रहने बताइएको छ।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय तोकेकाले राजनीतिक दलहरू उम्मेदवार चयन प्रक्रियामा सक्रिय बनेका छन्।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार












प्रतिक्रिया