काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिंदै परिवर्तनलाई स्वीकार्न नेताकार्यकर्तालाई अग्रह गरेकी छिन्।

सामाजिक संजाल फेसबुकमार्फत आफ्नो भिडियो सन्देशमार्फत उनले परिवर्तनका पक्षमा उभिन सबैमा आग्रह गरेकी हुन्।

advertisement

‘अहिले युवाले, नेपाली समाजले, नेपाली जनताले परिवर्तन चाहेको छ, परिवर्तनलाई हासेर खुसी भएर अंगालो मार्नु पर्दछ, नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन, नयाँ सभापति आउनु भएको छ, म बधाई दिन चाहन्छु’ उनले भनेकी छिन्।

नेतृ कोइरालाले परिवर्तनलाई खुसी भएर स्वीकार्न र कानुनको ब्यख्या धेरै नगर्न पनि नेताहरूलाई आग्रह गरेकी छिन्।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com