बाजुरा । बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ । बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए ।
शुक्रबार (माघ २) साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए । अस्पतालमा चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।
उनको शव परीक्षणका निम्ति सोही अस्पतालमा राखिएको छ ।
- रासस
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया