काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले व्यवहार अनुदार भयो भन्ने पार्टीमा विगतको गुनासो अब नरहने बताएका छन् । पार्टीलाई एकताबद्ध बनाएर लैजाने उनले बताएका हुन् ।
कांग्रेसको एकता बलियो बनाउन सबै अग्रजलाई सम्मान गरिने उनले उल्लेख गरे । उनले सबैलाई अवसर प्रदान गरिने समेत बताए । शनिबार (माघ ३) काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकका क्रममा सञ्चारकर्मीको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।
सबैलाई समेट्ने, कसैलाई बाहिर बस्न नदिएर अगाडि लैजाने कुरामा चाहिँ हामीहरू उदारतापूर्वक काम गर्नेछौँ । मुख्य गरी व्यवहार अनुदार भयो भन्ने विगतको गुनासो हुँदैन, महामन्त्री पौडेलले भने ।
उनले पार्टीभित्रका समस्यामा छलफलमार्फत सहमति खोजेर अगाडि बढ्ने बताए । जनताले चाहेको जस्तै कांग्रेस बनाउने उनले प्रतिबद्धता व्यक्त गरे ।
विधि र प्रक्रियामार्फत अघि बढेको विषयमा प्रश्न उठाउनु अस्वाभाविक हुने उनको भनाइ थियो ।
प्रकाशित मिति: ३ माघ २०८२, शनिबार













प्रतिक्रिया