काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् ।

हाल राष्ट्रिय सभाका सदस्य रहेका उनलाई नेकपाले बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उठाउने पक्का भएको छ । उनले आइतबार माथिल्लो सदन राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिने तयारी गरेका छन् ।

advertisement

नेकपाका संयोजक पुष्पकमल दाहालले वामदेवलाई बर्दिया-१ बाट चुनाव लड्न सुझाएका हुन् । चुनावी तयारीका लागि अहिले वामदेव बर्दियामा खटिइरहेका छन् ।

यसअघि ०७४ सालमाको निर्वाचनमा उनी नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । त्यसबेला गौतमले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हराएको भनेर सार्वजनिक आरोप लगाएका थिए ।

आफूले प्रधानमन्त्रीमा दाबी गरेपछि ओलीले एमालेका अर्का नेता सूर्य थापालगायतलाई बर्दिया पठाएर हराएको आरोप गौतमले लगाएका थिए ।

वामदेव करिब ४ वर्ष एमालेबाहिर बसेपछि गत कात्तिक १९ गते नेकपामा प्रवेश गरेका थिए । उनले नेकपाका लागि एक करोड भोट ल्याएर बहुमतसहितको पहिलो दल बनाउने बताएका थिए ।

उता बर्दिया क्षेत्र नम्बर २ २०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लालवीर चौधरीले नेकपाबाट टिकट लिने भएका छन् । नागरिक उन्मुक्तिलाई अहिले नेकपामा गाभिएको अवस्था छ ।

प्रकाशित मिति: ३ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com