काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
बैठकपछि सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने निर्णय भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय गरेको छ।”
बस्नेतले पार्टीले पूर्ण बहुमत हासिल गर्ने अवस्था कायम रहेको दाबीसमेत गरेका छन् । उनका अनुसार, नेकपा एमाले पूर्ण बहुमत ल्याउने सम्भावना मजबुत रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ ।
“जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन नेकपा एमाले प्रतिबद्धताका साथ अघि बढ्नेछ,” उनले बताएका छन् ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया