काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ। दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक आयोजना गरिएको हो।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी पार्टीका तर्फबाट प्रत्यक्षतर्फका उम्मेदवार छनोटबारे केन्द्रित भएर छलफल हुने बताइएको छ।
निर्वाचन आयोगले आगामी माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको मिति तोकेपछि राजनीतिक दलहरू उम्मेदवार चयन प्रक्रियामा व्यस्त देखिएका छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया