काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई संयुक्त राज्य अमेरिकाको हिस्सा बनाउने आफ्नो योजनासम्बन्धी अभिव्यक्तिमा कडा चेतावनी दिएका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले ग्रिनल्याण्ड अमेरिकाले प्राप्त गर्ने लक्ष्यमा बाधा पुर्याउने वा समर्थन नगर्ने राष्ट्रहरूमाथि भारी भन्सार शुल्क लगाउन सकिने संकेत गरेका हुन्।
ट्रम्पले ग्रिनल्याण्डको रणनीतिक अवस्थिति र त्यहाँ रहेका प्राकृतिक स्रोतहरू अमेरिकाका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताउँदै यसलाई अमेरिकी क्षेत्रभित्र ल्याउने इच्छा पटक–पटक व्यक्त गर्दै आएका छन्। तर डेनमार्क सरकार र ग्रिनल्याण्डका स्थानीय अधिकारीहरूले ग्रिनल्याण्ड बिक्रीयोग्य नभएको स्पष्ट पार्दै उक्त प्रस्तावलाई अस्वीकार गर्दै आएका छन्।
ट्रम्पको पछिल्लो चेतावनीपछि अन्तर्राष्ट्रिय कूटनीति र व्यापारिक सम्बन्धमा थप तनाव सिर्जना हुन सक्ने आँकलन गरिएको छ। आलोचकहरूले भने यसलाई व्यापार र भन्सार नीतिलाई कूटनीतिक दबाबको माध्यम बनाउने ट्रम्पको पुरानै रणनीतिको निरन्तरता भएको टिप्पणी गरेका छन्।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया