काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीको नेतृत्वमा आयोग पुगेको टोलीले कार्यतालिका रोक्न माग गरेको देउवा समूहका नेता मीन विश्वकर्माले जानकारी दिए।
निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ। तर कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समूहलाई आयोगले मान्यता दिएपछि देउवा समूहले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
उक्त रिटको पेसी पनि माघ ६ गते नै तोकिएकाले अदालतको निर्णय नआएसम्म निर्वाचन प्रक्रिया स्थगन गर्नुपर्ने देउवा समूहको माग रहेको छ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार













प्रतिक्रिया