काठमाडौं । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरण निर्णयमा असहमति जनाएका एमालेका उपमहासचिव योगेश भट्टराईले आइतबार पार्टी कार्यालयमा नोट अफ डिसेन्ट दर्ता गराएका छन्।

शनिबार बसेको सचिवालय बैठकले देशका १४० क्षेत्रका उम्मेदवारहरूको टुंगो लगाएको थियो। तर भट्टराईले उक्त निर्णयमा असहमति जनाउँदै चारवटा मुख्य बुँदामा नोट अफ डिसेन्ट तयार पारेका छन्।

advertisement

भट्टराईले टिकट वितरण मापदण्डअनुसार नभएको, उम्मेदवार चयनमा पक्षपात देखिएको, कार्यकर्तामाथि अन्याय भएको तथा बाह्य चुनौतीलाई ध्यान नदिइएको उल्लेख गर्दै आफ्नो असहमति राखेका छन्।

उनी आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङमा पनि पार्टीले उम्मेदवार टुंगो नलगाएको कारण यस निर्णयप्रति असन्तुष्ट देखिएका छन्। भट्टराईले यसअघि सामाजिक सञ्जालमार्फत् समर्थकहरुलाई विचलित नहुने अपिल गर्दै भनेका थिए, ‘निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।’

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com