काठमाडौं । निर्वाचन आयोगले आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता २०८२ लागू हुने बताएको छ। आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिँदै भनिन्, ‘आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउँछ।’
आगामी फागुन २१ गते प्रतिनिधि सभाका सदस्यहरूको निर्वाचन हुँदैछ। त्यसका लागि माघ ६ गते मङ्गलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। आयोगले यसअघि नै आचारसंहिता २०८२ तयार पारेर राजपत्रमा प्रकाशित गरिसकेको छ।
निर्वाचन आचारसंहिता लागू हुनेअघि आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफल गरेका थिए। आचारसंहिता लागू भएपछि सरकार र राजनीतिक दलहरूले सोही अनुसार आफ्ना गतिविधि सञ्चालन गर्नुपर्नेछ।
प्रकाशित मिति: ४ माघ २०८२, आइतबार












प्रतिक्रिया