काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदावरी दिने घोषणा गरेका छन् ।

आइतबार (माघ ४) डा. भट्टराईले पार्टीका साथी, मतदाता, शुभचिन्तकको जोडबलले आफूले उमेदवारी दिने भएको उल्लेख गरेका छन् । उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उमेदवारी दिन लागेका हुन् ।

advertisement

“गोरखा-२ का पार्टी साथीहरू, आम मतदाता, अन्य दलभित्रका समेत शुभचिन्तकहरूको जोडबल र देशको अन्योलपूर्ण राजनीतिक अवस्थाले सिर्जना गरेको राष्ट्रिय दायित्वबोधलाई ध्यान दिँदै आगामी आम निर्वाचनमा गोरखा-२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनाव चिह्न ‘खुलेको आँखा’ लिएर उम्मेदवारी दिने निर्णयमा पुगेको छु,” भट्टराईले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति: ४ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com