काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्काले आफू बीपी कोइरालालाई भगवान् र राजनीतिक आदर्श मानेर राजनीतिमा प्रवेश गरेको बताएका छन्। आम निर्वाचनको मनोनयन दर्ताको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल फेसबुकमार्फत अपिल जारी गर्दै उनले रुख चिन्ह र चारतारे झन्डाबाहेक अन्य कुनै विकल्प सोच्न वा कल्पना गर्न नसक्ने स्पष्ट पारेका हुन्।

भोलि माघ ६ गते आम निर्वाचनका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको उल्लेख गर्दै खड्काले काठमाडौँ र सङ्खुवासभामा रहेका सबैलाई उपस्थित हुन आग्रह गरेका छन्। उनले सङ्खुवासभाको खाँदबारीस्थित पार्टी कार्यालयमा बिहान १० बजे जम्मा भई निर्वाचन कार्यालयसम्म जाने मनोनयन प्रक्रियामा सहभागी हुन अनुरोध गरे।

advertisement

साथै, खड्काले सङ्खुवासभाका सम्पूर्ण मतदाता तथा कांग्रेस नेता–कार्यकर्तालाई रुख चिन्हमा मतदान गर्न र गराउन अपिल गरेका छन्। बीपी कोइरालाले स्थापना गरेको पार्टीको चुनाव चिन्ह र झन्डाप्रति आफ्नो पूर्ण निष्ठा रहेको उनको भनाइ छ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com