काठमाडौं । आशिका तामाङलाई टिकट दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा लफडा भएको छ । सोमबार रास्वपाले धादिङ क्षेत्र नम्बर १ को उम्मेदवारको रूपमा आशिकालाई अघि बढाउने निर्णय गरेको थियो ।

उक्त क्षेत्रमा श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी, रामकुमार थपलिया लगायत आकाङ्क्षी थिए । उनीहरूबिच प्रतिस्पर्धा भइरहेको अवस्थामा एक्कासि तामाङलाई टिकट दिने निर्णयसँगै असन्तुष्टि चुलिएको थियो ।

advertisement

केही कार्यकर्ताले तामाङलाई नबोक्ने भन्दै ठाडो चुनौती दिँदै सङ्गठनबाट राजीनामा दिने धम्की दिएका छन् ।

प्रकाशित मिति: ५ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com