काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले अन्ततः डडेल्धुराबाट निर्वाचन नलड्ने घोषणा गरेका छन्। २०४८ सालदेखि निरन्तर जित्दै आएका देउवा चुनाव नलडेपछि, अब कांग्रेसबाट नैनसिंह महरलाई टिकट दिने तयारी भएको छ।
कांग्रेसका उच्च स्रोतका अनुसार, “हाम्रो पहिलो विकल्प देउवा दाइ हुनुहुन्थ्यो, तर उहाँले उठ्न नचाहनु भएपछि नैनसिंह महरलाई टिकट दिने कुरा निश्चित भएको छ,” जिल्लाका एक पदाधिकारीले बताए।
डडेल्धुराबाट महरसहित भानु देउवा, भीम बहादुर साउद, गोविन्द बोहरा लगायतको नाम पनि चर्चामा थियो। तर, पार्टीले महरलाई टिकट दिन सकारात्मक निर्णय गरेको स्रोतले जानकारी दिएका छन्।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया