काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जिल्ला अदालत रुपन्देहीमा हाजिरी दिनुहुँदासम्म चितवनमा उम्मेदवारी दर्ता नगर्ने भएका छन्।

सहकारी ठगी मुद्दामा धरौटी बुझाएर हाजिरीमा छुट पाएका लामिछाने आज बिहानै चितवनबाट रुपन्देही गएका छन्। रास्वपा जिल्ला सभापति कृष्णप्रसाद भुसालका अनुसार, हिजो जनकपुरको सभा सकेर लामिछाने चितवन फर्किएका थिए।

advertisement

आज अदालतमा हाजिरी दिनुपर्ने भएकाले उनी बिहानै रुपन्देही गएका हुन् र अदालतको काम सकेर चितवन फर्कने छन्।

रास्वपा चितवनले उम्मेदवारी दर्ताको समय निर्धारण गरेको छ। चितवन क्षेत्र नम्बर २ को दर्ता साढे १ बजे, क्षेत्र नम्बर १ मा ३ बजे र क्षेत्र नम्बर ३ मा साढे २ बजे तय गरिएको छ। रास्वपाले चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, क्षेत्र नम्बर २ मा रवि लामिछाने र क्षेत्र नम्बर ३ मा सोबिता गौतमलाई उम्मेदवार बनाएको छ।

प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com