काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन्। झापा-५ बाट चुनाव लड्न लागेका बालेनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले यही समय तोकेको छ।
त्यसपछि, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्न बोलाइएको छ। त्यसअघि, साढे १२ बजे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रञ्जित तामाङको समय निर्धारण गरिएको छ।
नेपाली कांग्रेसका उम्मेदवारलाई दिउँसो २ बजे बोलाइएको छ भने अन्य स्वतन्त्र उम्मेदवारहरूका लागि समय दिउँसो ४ बजेदेखि तोकिएको छ।
फागुन २१ गते हुने चुनावका लागि मनोनयन दर्ता मंगलबार बिहान १० बजेबाट साँझ ५ बजे सम्म खुला रहने छ।
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार













प्रतिक्रिया