काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापाको नेतृत्वको प्रशंसा गरेका छन्। उनले युवा नेतृत्वको पहिलो पाइला सफल भएको भन्दै थापाको भूमिका सकारात्मक रहेको बताएका हुन्।
भण्डारीले जुनसुकै नेताले जसरी सम्बोधन गरे पनि अन्ततः सबै निर्वाचनमा जान सहमत हुनु र एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न तयार हुनु वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि भएको बताएका छन्।
उनका अनुसार यसले पार्टीको एकता, सामूहिक जिम्मेवारी र भविष्यप्रतिको विश्वासलाई थप बलियो बनाएको छ। उनले अब भावनामा बगेर होइन, संयमित ढंगले सबै मिलेर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘युवा नेतृत्वको पहिलो कदम सफल भएको छ। फरक–फरक शब्दमा सम्मान गरे पनि सबै नेता एउटै चिह्न लिएर निर्वाचनमा जान तयार हुनु कांग्रेसका लागि ऐतिहासिक उपलब्धि हो। यसले पार्टीको एकता र जिम्मेवारीलाई पुष्टि गरेको छ। अब आवेग होइन, सबै मिलेर संयमपूर्वक अघि बढ्नुपर्छ।’
प्रकाशित मिति: ६ माघ २०८२, मंगलबार












प्रतिक्रिया